Pages

Monday, December 19, 2011

Tomorrow is a Nepal Bandh

                                                             भोलि नेपाल बन्द छ 
नेपाली कांग्रेस द्वारा भोलि नेपाल बन्द को आब्वाहन गरिएको छ / खोइ कुन चै नेता को परमधाम भएछ !!! थाहा भएन !!! नेपालका राजनीतिक पार्टी का मान्छेहरु कति शक्तिशाली छन् यस बाट प्रमाणित हुन्छ/ देश नै बन्द गरेर चै के प्रमाणित गर्न खोजेका हुन् त्यो चै बुझ्न गार्हो छ / भोलि नेपाल मा सबै यातायात का साधन, शैक्षिक्  संस्था, पसल हरु बन्द हुनेछन... त्यसको लागि कांग्रेस का नेता हरुले आफ्ना कार्यकर्ताहरुलाई उर्दी जारी गरिसकेका छन् / शान्तिपूर्ण बन्द हुनेछ भोलि ..... त्यै नेताहरु जो संबिधान का लागि केई बोल्दैनन तिनै नेताहरु ले भोलि चर्का चर्का नाराहरु लगाउने छन्/  नेपाल मा पार्टीहरुको राज छ , पार्टी का कार्यकर्ता हरुको राज छ , अन्योल को राज छ/ नेपाल मा लोकतन्त्र छ, जसले शक्ति देखायो तेस्को राज छ अहिलेसम्म ..... तन्त्र छ लोक निदाई राखेको छ / नेपाल का आधा मान्छे हरु सुतेका छन् अनि आधि उठेका मान्छेहरु नेता भएका छन्/  पार्टी हरु आफ्ना कार्यकर्ता हरुलाई कुटपिट , अपहरण अनि हत्या भयो भने मात्रै जुर्मुराएर उठछन् अनि नेपाल बन्द गर्छन/ नेता हरुले संबिधान बनाउन नसकेकोमा अहिलेसम्म नेपाल बन्द भएको छैन, कुनै पनि नेता  अहिलेसम्म अयोग्य घोसित भएको प्रमाण छैन / नेपाल मा सर्ब साधारण ले कहिले पनि नेपाल बन्द गर्न सक्दैन... पार्टी हरुको देखासिकी मा चक्का जाम चै गर्छन/ 
भोलि वार्ता हुन्छ जसरि यो भन्दा अगाडी पनि धेरै वार्ता हरु भएका थिए अनि कुनै मान्छेलाई सहिद घोसना गरिनेछ अनि मृतक को परिवार ले १०००००० रुपैया पाउनेछ/ दस लाख रुपैयाको लागि देश मा दस करोडको घाटा भएपनि कसैलाई बाल नै भो!!! हामीलाई आफ्नो पहुच देखाउनुछ , हाम्रो पार्टीको शक्ति देखाउनु छ / भोलि नेपाल मा अर्को एक नया सहिद थपिनेछ....... देशको इतिहास मा नया आयाम थपिनेछ / केटा केटि हरुको लागि बिद्यालय छुट्टि भएको ले रमाइलो हुनेछ अनि उनि हरुले सायद प्रार्थना पनि गर्लान एसरी नै सहिद हरु बढीरहुन  नेपालमा!!!!! 

No comments:

You may also like