Pages

Wednesday, January 11, 2012

महिलाको स्तनमा टोक्दा सर्प ठहरै



sarpa




सर्पले मान्छेलाई टोके के हुन्छ ? विषालु सर्प रहेछ भने मान्छेको मृत्यु हुन्छ, कम विषालु भए घाइते हुन्छ । तर यसपटक उल्टो भएको छ, सर्पले मान्छेलाई टोक्दा मान्छे होइन सर्प मरेको छ । घट्ना इजरायलको हो । इजरायलमा एक जना सेक्सी मोडलले सर्पलाई लिएर सेक्सी फोटोसुट गर्दै थिइन । त्यसैबेला सर्पले मोडललाई टोक्यो, सर्पले टोकेपछि मोडलको मृत्यु पनि भएन, उनी घाइते पनि भइनन् तर सर्प भने तत्कालै मर्‍यो ।
इजरायलकी ओरिट फक्स नाम गरेकी दोस्रो दर्जाकी मोडलले सुरुमा सर्पलाई लिएर खुट्टा, छाति, घाँटीमा राखेर तस्वीर खिचाएकी थिइन । फोटोलाई अझ सेक्सी देखाउन उनले स्तनको केही भाग देखाउँदै फोटो सुट गर्न लागेकी थिइन । फोटोसुट गर्दागर्दै सर्पले ओरिटको स्तनमा टोक्यो ।
खासमा ती मोडलले आफ्ना स्तन ठूला देखाउन स्तनको सर्जरी गराएकी थिइन र त्यहाँ उनले सिलिकन लगाएकी थिइन । स्तनमा टोकेपछि सर्पलाई सिलिकन पोइजन भयो, सर्प केही समयपछि मर्‍यो । रातो र सेतो स्टि्रप कपडा लगाएकी ती मोडलले स्तनको मध्यभाग देखाउँदै स्तनमा सर्पको मुख घर्षण गराइरहेकी थिइन ।
त्यसपछि उनले सर्पको टाउको आˆनो मुखतिर देखाउँदै किस खाने अभिनय गर्दैथिइन् । त्यतिवेला फक्सको हातबाट सर्प फुत्कियो । सर्प फुत्केपछि टाउको फक्सको स्तनमा गएर जोडियो । त्यतिवेलासम्म फक्सको स्तन बाहिरको कपडा खुलै थियो ।
सुरुदेखि नै विभिन्न हर्कत गरिरहेकी फक्ससँग रिसाइरहेको सर्पले उन्को स्तनको मुन्टोे नजिकै गएर मुख गाड्यो । गहिरो गरि सर्पले स्तनमा दाँत गाडेपछि मोडलका सहयोगीहरु आएर सर्पलाई तान्न थाले । एक छिनसम्म सर्पले स्तनमा मुख गाडि नै रह्यो र अन्तिममा दाँत छोड्यो ।
सर्पले टोकेपछि मोडेललाई तत्कालै अस्पताल पुर्‍याइयो, त्यहाँ उनलाई टिटानाश सुइ लगाइयो । मोडलको भाग्य बलियो रहेछ उनी बचिन तर मोडेलको स्तनमै टोकेको सर्प भने सिलिकन विषले केही समयपछि मर्‍यो ।

No comments:

You may also like