Pages

Sunday, January 22, 2012

दुर्घटना

              .................... र त्यसरी म जन्म कैद को भागीदार भए / अहिले म मेरो चिसो कोठरीभित्र बसेर सोचिराखेको छु, अनि  आफ्नो मुर्खतालाई आफै सराप्दै बसिराखेको छु / त्यो मेरो एउटा सानो भुल ले गर्दा म अहिले यो कालो कोठा भित्र बन्द भएको छु / हुनत त्यो वकिल पनि धेरै नै बाठो थियो अनि त्यो पुलिसवाला हरु पनि धेरै नै चतुरे रहेछन ......म हारे अन्तिममा / नेपालमा पुलिस हरु धेरै नै सुस्त अनि मुर्ख हुन्छ भन्दछन तर म त्यो कुरा मान्दिन/ 
             त्यो दिन अझै सम्झिन्छु जब त्यो दुर्घटना भएको थियो / म अफिस  बाट फर्किदै थिए , कारभित्र ठुलो आवाजमा Cradle of Filth को गीत घन्किरहेको थियो / म शान्त नै थिए , कुनै खासै तनाब या मानसिक चिन्ता थिएन/ पहाड को बाटो घुम्ती घुमाउरो हुने नै भयो ...र पनि मेरो गल्ति चै ( अहिले सम्झिदा ) के थियो भने मेरो गति अलिक धेरै नै थियो ..पहाडी बाटो को संदर्वमा / बाटोमा खासै धेरै सवारी साधन हरु नगुडेको हुदा म निर्धक्क भएर ड्राइभ गरिराखेको थिए/ पहाडी बाटो ...एउटा घुम्ती बाट अर्को घुम्तीमा को आउदैछ भनेर पहिले नै थाहा पाई हालिन्छ/ तर यो सोच नै मेरो भुल थियो ...............................
              अचानक मेरो अगाडी बजारबाट किनमेल गरेर फर्किदै गरेको केटीहरुको हुल पर्दा मेरो मन त एकदमै सन्न भयो , मैले केहि सोच्न सकिन/ केटि हरु पनि आफ्नै बाटो जस्तै गरेर बाटो नै छेकी हिडिरहेका रहेछन , शायद उनीहरुले पनि सोचेनन कुनै गाडी तेती आवाजविहीन अनि तेती स्पीड म उनीहरुको अगाडी आइपुग्छ भनेर ! मेरो दुर्भाग्य!! त्यो दिन फेरी ठिक्क कुन चाही पार्टीको को हो नेपाल बन्द थियो , तर पनि फाट्ट फुट्ट गाडी हरु चलिरहेका थिए / 
              केटि हरु चिच्याएको आवाज मैले गाडी भित्र बाटै सुने, त्यो एउटा split second मा मेरो सोच कसरि उनीहरुलाई बचाउने अनि कसरि आफु बच्ने नै थियो / सानो बाटो , बाटो नै छेकेका छ सात जना केटि हरु अनि मेरो गति ...............कुनै उपाय अपनौना भन्दा नै पहिले मैले एकजना केटि लै मेरो गाडीको बोंनेट मा ठोक्कीएर सिसाको माथि हुदै हावामा गोता खाएको देखे / दस मिटर पर गएर मेरो कार त रोक्कियो तर मैले पछाडी फर्केर हेर्न सकिन ............सुने मात्रै , चिच्याहट अनि दौड धुप / केहि समयमा नै त्यहाँ सयौं मान्छे हरुको भिड लाग्यो ....बजारको दिन थियो / "ड्राईभर लाइ समात , ड्राईभएर लाइ समात !" सबै मान्छे हरु यहि नै चिच्याइरहेका थिए/
                 म भाग्न पनि सक्थे तर मेरो हृदय ले त्यो मानेन , जे पर्छ बेहोर्छु भनेर म कार भित्र नै बसिरहे/ कार को झ्याल फुटाइयो , ढोका खोलियो अनि म माथि लात अनि घुस्साको बर्सात सुरु भयो / मैले सहिराखे, मेरो मन मा यति नै थियो कि उनीहरुले मलाई नमारुन, म मर्नु भन्दा पहिले पुलिस आएर मेरो रक्छ्या गरोस / लात घुस्सा को आवाज भन्दा पनि पर मेरो कान मा एउटा आवाज गहिरो रुपमा छिरिरहेको थियो / केटि मान्छेको अवाज जुन कर्कस स्वरमा ,"त्यसलाई मारिदे, त्यो बजियालाई मारिदे !" भनेर चिच्याई रहेको थियो/   
                कुटाईले गर्दा म बेहोस भएछु , पछि आँखा खोलि हेर्दा म पुलिस थाना भित्र थिए/ एक प्रकारले त ढुक्क नै लाग्यो, बाचिएछ भनेर ...........मलाई कुनै पनि आश थिएन त्यो मैले ठक्कर दिएको केटि बचेको छ भन्ने र हुन पनि तेस्तै थियो / मेरो नजिक बसेको प्रहरी जवान लाइ के भयो भाई त्यो केटीलाई भन्दा उसले मलाई केवल घुरिरह्यो / अनि मैले बुझे/
                 प्रहरी थाना बाहिर ठुलो भिड थियो, त्यो केटीको लास थाना  अगाडी लम्पसार थियो, मान्छेहरु नारा लगाउदै थिए/ मलाई त्यो सब पल हरु अहिले पनि समझदा सपना झैँ लाग्दछ / म हिरासत मा थिए, सुरक्षित थिए / तर म भित्र को मन चाही जेल भित्र परिसकेको थियो ......आजन्म को लागि / म भित्र आत्मग्लानीको बाढी चलिरहेको थियो अनि हृदय भित्र १० रेक्टर स्केल को भूकम्प / मलाई सरिर मा त धेरै नै चोट लागेको थियो तर मन मा लागेको चोट को अगाडी त्यो केहि थिएन ; मेरो एउटा हात चलिरहेको थिएन अनि अनुहार र जिउ सुन्निएर चटपट गर्नु नै भैरहेको थिएन /
                 मैले थाना मा आफ्नो गल्ति कबुल गरे / हिरासत मा बसेको पाचौ दिनमा मेरो वकिल ले मलाई मेरो दिमाग नै हल्लिने खालको खबर सुनायो/ मृतक पट्टिका ले मैले जानी बुझिकन सुनियोजित तवरले दुर्घटना को नाटक गरेर हत्या गरेको आरोप लगाएछन् !! मेरो लागि त्यो एउटा अचम्म को खबर नै थियो !! मलाई त मृतक को होला भनेर पनि अझ सम्म राम्ररी थाहा थिएन , मैले त्यो जान्ने चेस्टा पनि गरिन / पक्राउ पर्ने बित्तिक्कै म पाँच दिन सम्म त कसै संग नबोली हिरासत मा नै बसिराखेको थिए/ म जान्न पनि चाहदिनथिए किनकि मेरो बोझिल मन लाइ म अझै अपराधबोध ले भर्न चाहदिन थिए, त्यो केटि को बिगत अनि आफन्तको बिजोग म सुन्न सक्दिन थिए/ म धेरै नै कम्जोर भैसकेको थिए , कतिपल्ट त मलाई आत्महत्या गरेर यो अपराध बोध बाट मुक्ति पाउन पनि मन लागेको थियो/ ................मैले कसैको ज्यान लिएको थिए, मैले कसैलाई कहिले न उठ्ने गरि सुताई दिएको थिए..............................
                 हो रैछ ........मलाई अदालतमा लगियो अनि आफु माथि लागेको मुद्दाको बर्णन गराइयो/ म इन्कार गर्ने पक्छमा थिदैथियिन / मैले आफ्नो वकिल लाई पहिले नै आफु सजायको भागीदार हुन तयार छु भनेर भनिसकेको थिए/ चाहे जे सुकै होस्, मृत्युदण्ड नै पनि म स्वीकार गर्न तयार थिए/ 
                  अदालतमा ठुलो भिड थियो , तर मैले चिनेको कोहि नै थिएन / मैले सरसर्ती आँखा घुमाउद त्यहाँ सबै अनुहार हरु अपरिचित नै थिए, सोचे सायद मेरो परिवार अनि मेरो साथी भाई हरुले मेरो गल्ति स्वीकार गरेछन / लाग्यो उनीहरु एकजना अपराधीको वकालत गर्न किन पो यहाँ आउथे र ??????
                  "तपाई यो केटीलाई चिन्नुहुन्छ?" वकिल को आवाजले म झस्किए/ उसले मेरो आँखाकै अगाडी एउटा फोटो हल्लाउदै थियो / मैले फोटो हेरे अनि असहमतिमा टाउको हल्लाए / 
                   "अनि यो चाही को होनी ?" वकिल ले फेरी अर्को फोटो मेरो अनुहारमै ल्याएर जोतायो/ मैले राम्ररी हेरे अनि फेरी टाउको हल्लाए / मलाई त्यो फोटो मा भएको पुरुस चाही कता कता देखे जस्तो लाग्यो तर सम्झिने चेस्टा गरिन , स्त्री चाही भर्खर वकिल ले देखाएको केटि नै थियो /
                   " यो पुरुष तपाई नै हो," वकिल को भनाइ मेरो मुटुमा तिर झैँ रोपियो , मैले हत्त  पत्त वकिल को हात बाट खोसे , हो रैछ...म नै रैछु तर त्यो म र अहिले यो कठघरा मा उभिएको म मा आकाश पाताल को फरक थियो / फोटोमा म मुस्कुराईरहेको थिए, जुन अहिलेको स्थितिमा सम्झिदा असम्भव थियो ..त्यै भएर मैले सायद आफैलाई चिन्न सकिनछु !! मैले सहमति मा टाउको हल्लाए/
                     "महोदय, म यो भन्न चाहन्छु कि मृतक र अभियुक्त बीच धेरै पहिले घनिष्ट सम्बन्ध थियो, तर त्यो सम्बन्ध टुटे पश्चात अनि मृतक ले अर्कै संग बिहे गरेपछि नै अभियुक्त ले यो सड्यन्त्र रचिरहेको थियो / र अन्तिम मा आफ्नो योजना मा सफल पनि भयो !!" वकिल चिच्याइरहेको थियो ...........मेरो दिमाग सोच्नु नसक्ने अवस्थामा घुमिरहेको थियो /
                   " तपाई कार मा जादा कहाँ निर उक्त युवतीहरुको भिड संग भेट भाको थियो?"
                   " मैले देख्न सकिन ,महोदय ! मैले एउटा घुम्ती मा गाडी घुमाउदा  एकैचोटी मेरो अगाडी ६-७ जना केटीहरुको हुल देखे ........मैले जोगाउन खोजे तर सकिन / तर म यो फोटो को चाही बिस्वाश गर्दिन/ यो सरासर झुटो हो/ म मृतकलाई चिन्दिनथिए!! " मैले बोल्ने पर्ने भयो /
                   "अनि यो चाही को हो ? अनि यो चाही को हो ?" भन्दै वकिल ले त्यो केटी र मेरो संगै बसेको फोटो हरु मेरो अगाडी छरपस्ट पारिदियो/ 
                   "मृतक मेरिना, केटीहरुको भिड मा सबभन्दा बाया पट्टि थिइन , तर कसरि दाया पट्टि गुडिरहेको  गाडी गएर उसलाई हिर्काउन पुग्यो ? म भन्छु अनि प्रमाणित गर्न सक्छु अभियुक्त ले जानी जानी यो दुर्घटना गराएको हो योर ओनोर ! कसरि आफ्नो सिधै अगाडिको मान्छेलाई नहानी त्यो गाडी सबभन्दा कुनामा भएको व्यक्तिमा ठोक्कियो?"
                   " के तपाई उक्त फोटो हरु को सत्यतालाई स्विकार्नु हुन्छ ??" न्यायाधिश जो अहिले सम्म चुप थियो , मलाई सम्बोधन गर्दैथियो/
                   मैले अब त्यहाँ धेरै ढातिरहने  ठाउं थिएन," हो हजुर, हामी बीच सम्बन्ध थियो तर दुर्घटना को बेलामा मलाई थाहा थिएन कि मैले हानेको महिला मेरी पूर्व प्रेमिका हुन् भनेर!!" 
                    अदालतमा मेरो चिच्याहट ले सुन्यता ल्याइदियो ! 
                  "अब यो पनि कबुल गर्नुहोस , तपाईद्वारा यो दुर्घटना सुनियोजित तवरले घटाइएको थियो!" वकिल त्यो सुन्यतालाई तोड्दै चिच्यायो/
                   " के प्रमाण छ तपाइँ संग?" म पनि चिच्याए/ मेरो सहन शक्ति अब बिस्तारै शुन्य मा पुगिसकेको थियो/
                     "प्रमाण? म संग प्रमाण छ महोदय / कृपया साक्छि लाई भित्र बोलाउन पाउँ, महोदय !"
अदालत भित्र दिब्यालाइ देख्दा त एकछिन खुसि नै लाग्यो तर मेरो बिरुद्ध मा बोल्न आएको सम्झिने बित्तिक्कै मेरो मन मरेर आयो/
                     "महोदय, त्यो दिन अभियुक्तले मेरिना लाइ बिहानै कल गरेको थियो/ मेरिना ले फोन रिसिब गरिन, किनकि म पनि त्यहि नै थिए/ त्यसपछि हामी बजार गएर फर्किदा अभियुक्तको कार दुइ पल्ट हाम्रो छेउ बाट हुइकिएर गएको थियो / " दिब्या बोल्दै गईन/
                    "मृतक र अभियुक्त बीच बोलचाल भयो?" वकिल ले प्रस्न गर्यो/
"भएन महोदय, दुइ जना बीच बोलचाल नभएको नै ४ वर्ष जति भैसकेको थियो/"
                    "दिब्या!" मैले यति मात्रै भन्न सके तर त्यो मेरो आवाज कसैले सुन्यो जस्तो मलाई अहिले लाग्दैन /
                      "अनि?" 
               " अभियुक्त मेरो आफ्नै दाइ हो.........तर वहाले पर बाट देखि देखि नै गाडीको स्पीड बडाएर मेरिना लाइ ठक्कर दिनु भएको हो !" यति भनेर दिब्या रून थालिन अनि मेरो सारा संसार धर्मरायो / मेरो पैताला  मुनिको संसार भासिन थाल्यो/
               " हो हो हो हो मैले नै हो मेरिनालाई मारेको/ मैले नै हो मेरिनालाई मारेको !!" म पागल झैँ चिच्याउन  थाले/ सारा अदालत का मान्छे हरु मतिरै हेरिरहेका थिए/ तर पनि म पागल झैँ चिच्याई रहे/
                जब म शान्त भए, सब शान्त नै थियो / अदालत मा सन्नाटा थियो , वकिल , न्यायाधिश हरु चुपचाप मतिर हेरिरहेका थिए / मलाई त्यो पल एकदमै अनौठो लाग्यो, सब भाडा मा ल्याएका कलाकारहरु जस्तै देखिन्थे / अनि म चाही एउटा अनौठो पात्र/
                 "तपाई स्वीकार गर्नुहुन्छ , तपाइले नै सुनियोजित रुपले यो दुर्घटना गराउन भएको थियो?" वकिल को प्रस्न ले जहिले सन्नाटालाई चिर्दो रहेछ !!
                "हजुर, म स्वीकार्छु , गीतामा  हात नराखी पनि म भन्छु , मैले नै मेरिनालाई ठक्कर दिएर मार्ने योजना बनाएको थिए / र यो योजना मैले ४ वर्ष अगाडी नै बनाएको थिए!" मेरो स्वीकारोक्ति , मलाई नै अचम्म लागिरहेको थियो तर मैले स्वीकार्ने पर्ने भयो/
                 "कारण!??" 
                कारण त मैले पनि सोच्न सकेको थिइन !! किन मारे मैले मेरिनालाई ??म असमन्जसमा परे त्यो प्रश्नले !!
              " महोदय, म अर्को साक्छी लाइ यहाँ निम्त्याउन चाहन्छु /" वकिल अदालत नै थर्किने गरेर बोल्यो/
              अनि अदालत को ढोका खोलियो , र मेरो दिमाग सन्न भयो !! 
               wheelchair मा एकजना महिला बिस्तारै बिस्तारै कठघरा तिर आइन /
               "चिन्नु भो वहालाई?" वकिल ले मेरो कानै दुख्ने गरेर प्रस्न गर्यो/
               मेरो दिमाग केहि सोच्न नसक्ने अवस्थामा थियो / मेरो हृदय भित्र केहि खुलेको जस्तो, केहि छर्लंग भएको जस्तो अनुभव भैरहेको थियो /साथ साथै कहिँ म छाँगाबाट खसिरहेको जस्तै अनुभूति पनि भैरहेको थियो/
               "तपाईले हत्या गर्नु भएको महिला लाइ भेत्नुहोस/ वहा लाइ चिन्नु भयो ?" वकिल बोल्दै थियो, मेरो संसार बदलिदै थियो /
               "वहा तपाइको श्रीमती जसलाई तपाई ले साधारण रुप मा ठक्कर दिएर घाइते बनाउनु भएको थियो .......आज भन्दा ५ वर्ष अगाडी !! त्यसपछि तपाई एउटा अति काल्पनिक संसार मा जानु भयो जहाँ तपाई भित्र अपराध बोध ले डेरा जमायो अनि हरेक पल आफुले आफ्नो श्रीमतीलाई चोट पुर्याउनु को प्रमुख कारण ठान्नु भयो / तर हेर्नु होस् त वहालाई , वहा अहिलेसम्म पनि तपाइलाई साथ दिराख्नु भएको छ , तपाई चाही एउटा साधारण दुर्घटना लाइ लिएर आफ्नो काल्पनिक संसारमा आफै रमाईराख्नु  भएको छ / यो अदालत होइन , तपाइको treatment को लागि तयार पारिएको अदालत हो र हामी सबै यहाँ उपस्थित मानिस हरु डाक्टर हरु हौ / जुन महिलाको हत्या गरेको तपाई ठान्नु हुन्छा र अपराधबोध छ तपाईमा ...........वहा तपाइको अगाडी नै जीवित हुनहुन्छ .............हेर्नुहोस अनि आफ्नो कल्पनाको संसारबाट निक्लिनुहोस डाक्टर साब /" वकिल बोल्दै गयो, अनि मेरो संसार छर्लंग हुदै गयो, मैले मेरी श्रीमती लाई हेरे, मेरी बहिनीलाई हेरे , मेरा बिद्यार्थी डाक्टर हरुलाई हेरे / आफैलाई हेरे, सबैलाई चिन्दै गए, आफैलाई चिन्दै गए .......................... मैले  जुन रोग सम्बन्धि बिसेश्सग्यता हासिल गरेको थिए म त्यहि नै रोग को सिकार भएको थिए / त्यो सारा दुर्घटना त मेरै मनको कल्पना पो रहेछ ..............म त पागल पो भएको थियेछु !!!  


No comments:

You may also like