Pages

Wednesday, January 4, 2012

कि रुइ कि फुइ कि दुई

जाडो बढेकै हो भनेर मैले एकजना बुज्रुकलाइ भनि टोपल्दा यस्तै उत्तर पो पाए / हुनत हाम्रा पुर्बजहरुले पनि निकै खारिएका उखान तुक्काहरुको रचना गरेका छन् / "के गरौँ त हौ बडा ?" भनेर मैले सोधेको थिए, खुट्टा मेरो चिसो ले कठ्यन्ग्रिएको थियो अनि मा चाही जाडो छल्न भन्ने हेतुले येसो मोजा किनेर खुट्टा तताम्ला भन्ने सुर मा थिए तर कैले नसुनेको उखानको झटारो पो पाइहाले / बुढो को उत्तर त बुझ्ने कुरो भएन , "रुइ कि फुइ कि सुइ गर्नुपर्छ " भन्दा पहिलोचोटी चाइनिज भाषा सुनेको जस्तो लाग्यो / तर यो  त निकै पहिलेदेखि नेपाल मा चलिआएको उखान रहेछ , एक प्रकारले भन्दा एउटा जुक्ति रहेछ बुढाहरुको जाडो छल्ने ......
            रुइ को अर्थ रुवा लाग्यो भने फुइ को अर्थ आगो फु फु गरेर फुकेको अर्थमा आगो नै रहेछ अनि दुइ चै ???? मलाई त पहिला बुझ्न नै अफ्ठ्यारो लाग्यो , र जब अर्थ को बोध ले मेरो घैटो मा घाम लाग्यो तब मा नहासी बस्न सकिन / हुनपनि कति सटिक छन् हाम्रा उखान तुक्काहरु !!!! उखान कथ्ने मानिसहरु एक प्रकारले सम्झिदा निकै नै अनुभवले खारिएका मान्छे हरु होलान भन्ने कुरामा तपाईहरु पनि सहमत त अवस्य नै हुनुहुन्छ होला ? सायद उखान हरु ५० वर्षमा एउटा जन्मिदो हो , त्यो पनि हजार  मान्छेहरुको अनुभवहरु समेटिएर ..........................


No comments:

You may also like