Pages

Saturday, September 29, 2012

खले song : Baby I Love You Forever

khale song

दिउसोको समय थियो ,पहाडमा बस्ने भएर होला मलाई इटहरीमा  निकै गर्मि महशुष भैरहेको थियो । मैले आफ्नो समान लान भनि एउटा ठुलो तर पुरानो ट्रक फेला पारेको  थिए । ट्रकमा गुरुजी ,खले भाइ र मा गरि 3 जना यात्री थियेउ ।
झिल्के गुरुजी फुर्के खले , गुरु केटीहरुलाई फोन गर्न व्यस्त, मलाई थाहा भए अनुसार 400/- को Ncell को recharge card आफुलाइ र उसको girlfriend लाई लगाईदिदै फोन गर्दै थिए ।मेरो फुर्के भाई , प्यार प्यार गर्दै बोलेको बोलेकोले मा हैरान भैसकेको थिए । उसको आफ्नै पिडा र बिडम्बनाहरु  थियो । सुनी बसे , के गर्नु अर्को option  पनि त थिएन ।
हामी करिब 12 बजे तिर उकालो लाग्येउ  , ट्रकको इन्जिनको आवाज र त्यसको तातोले निकालेको पसिनाले म नुहाए बराबर नै भैरहेको थिए । त्यो खले भाइ पनि लगाउन  ब्यस्त थियो अनि हाम्रा गुरु फोन गर्दै गाडी हाक्न ब्यस्त  थिए । मलाई सरो bore लग्यो अनि ब्यागबाट earphone निकाले र गीत सुन्न थाले ।

गीत सुनेको देखेर त्यो खले भाइले एक पट्टिको earphone माग्यो , मेरो पालो दुईओटा earphone  नै दिए । उ चुप चाप लागेर गीत सुन्न थाल्यो ।मैले त्यो भाइलाइ Baby I Love You Forever भन्ने नेपाली ग्गेत मन पर्छ कि भनेर त्यो गीत लगाईदिए । 

उक्त  ट्या ...द्यांग ... त्यांग .... ट्या  बज्न थाले पछी , त्यो खले भाइले  दाहिने खुट्टा तल माथि गर्न थाल्यो ,अनि जब गीतमा Baby I Love You Forever भन्न थाल्यो त्यो भाइको होश नै हराए जस्तो गरेर चिच्याउन थाल्यो । मा हेरेको हेरेइ भए ।

मलाई सारै हास उठ्यो , गुरुजीले कराउन थाल्यो तर उल्ले सुनेको थिएन । त्यो खले भाइ झन् गीतमा डुब्दै गयो अनि चिच्याउन थाल्यो ।गुरुजीलाई  इन्जिन तातिएकोले  रिस उठ्यो , नाना भाती  भन्न ठ थाल्यो अनि मात्र हाम्रो खले भाइले earphone निकाल्यो ।

बिचरा त्यो खले भाइ एकै चोटी आकाशबाट पुनः घर्तीमा झरे झैँ भयो । मलाई हेर्यो र मलाई earphone दियो , र पुनः इन्जिनमा पानि लगुना  थाल्यो । मा पनि गीत सुन्न थाले ।नेपाली संगीतले पनि संगीतको स्तरमा गुणात्मक परिवर्तन  लाग्यो ।हुन तहामि  नेपाली हो सुन्नु  पर्ने त हाम्ले आखिर नेपाली गीत नै हो तर गुणात्मक संगीत नभएको कारण सुन्न छोडेका थियेउ तर अब सुन्न र ओलाकन गर्न पर्ने समय आए जस्तो महसुश मलाई भयो ।

No comments:

You may also like