वारी गाउको दाई पारी गाउ जान्छ
लोकल ठर्रा , तोंबा सबै कुरा तान्छ
अलि कति लागे पछी मै हु ठुलो भन्छ
बाटो घाटो नचिनेर कु-बाटोमा हिन्छ
कस्तो दल दलमा फस्यो ऊ नत बाहिर आउछ
रातमा मात्र हैन उसले दिनमा पनि पिउछ
मै हु सर्वज्ञानी भनि भासन गरि हिन्छ
समाजका सबैलाइ भुसुना झैँ ठान्छ
ओहो ! कस्तो पायो त्यसले जुनी
बल्ल तल्ल घरमा पुग्दा जड्याहा आयो भन्लान
परिवार , छर छिमेक छि!छि! दुर दुर गर्लान
नत उसको बुध्दी आयो सधै तल तल गिर्छ
आखिरमा मुटु फुटी अकालमा नै मर्छ
आखिरमा मुटु फुटी अकालमा नै मर्छ
No comments:
Post a Comment