Pages

Thursday, October 4, 2012

के गरिब हुनु श्राप हो त ?

garib

भालेको पहिलो डाको संगै आज ऊ सबेरै उठ्छ । न त उसको हातमा घडी छ न त भित्तामा नै कुनै भित्ते घडी छ । हाम्रै नेपालको कुनै बिरानो गाउको सुन्नमा आएको सानो कथा हो यो । आज ऊ जेलको चिसो भुइँमा बसी टुलुटुलु बाहिरी परिवेस हेरिरहन्छ  लाचार अनि बेवास्ताको साथ , आज भन्दा करिब 10 वर्ष पहिले एउटा गरिब मजदुरी गरेर खाने , झुटो नबोल्ने , अरुलाई ठग्ने उसको नियत थिएन । निस्वार्थ भावनाको उ, करिब 40 वर्ष उमेर भएर पनि कसैको साथ उसलाई थिएन ।सानैमा अनाथ भएकोले होला उ साहु महाजनकोमा  विभिन्न शारीरिक काम गरेर जीविकोपार्जन गर्दथियो ।


सधै जही आज पनि उ कोदालो बोकेर सबेरै घरबाट उ चुरोटको सर्को तान्दै केहि परको जंगलको  झाडीमा अगाडी बढ्दै गयो ।सुनसान जंगलमा किरा फट्यांग्रा र चरा चुरुंगीको आवाज सुन्दै आफैमा मग्नमस्त भइ अघि बढिरहेको थियो । बचाऊ! बचाऊ ! को आवाज उसको कानमा ठोक्किन पुग्यो, उसले सोच्यो कि कुनै चरा चुरुंगी वा जीव जन्तुको होला भनि अघि बढ्न थाल्यो । पुनः सोहि आवाज उसको कानमा ठोकिन पुग्यो , उसलाई डर लाग्न थाल्यो कतै केहि अनर्थ त भाको छैन अनि उ यता उताको झाडीहरु फाड्न थाल्यो, हैरान भैयो उ, तर केहि पत्ता लगाउन  सकेन ।अलिक पर पट्टिको बाक्लो झाडीमा उसको आखा केन्द्रीत भयो ।अचानक मनमा धेरै प्रश्नहरु उर्लेर आउन थाल्यो । उ पसिनाले भिझे झैँ भएको थियो , उसको सास र ढुक ढुकी  पनि तिब्र गतिले  बडी रहेको थियो ।

                                                    बिहानीको समयमा मधुर घामको किरणमा मनबाट डर निकालेर उ त्यो झाडी तर्फ लम्कियो । उसले झाडी बिस्तारै पल्टायो, धर्ति  नै चिप्लदै गएको जस्तो भयो उसलाई , भुइँमा रगताम्य भइ लमतन्न  परेर पल्ला घरका दाई पछारि रहेको  थियो । उ हतार हतार त्यो दाई  तर्फ लाग्यो । उसको शरीर भरि खुन नै  खुन थियो । उसले सोध्ने प्रयत्न गर्यो, "के भयो तपाइलाई, कसले यस्तो दुरदशा  गर्यो " उसको मुखबाट अतालिदै  आवाज आयो तर बिडम्बना त्यो दाई ले  प्राण त्यागी सकेको थिए । उसको शरीर  चिसो भैसकेको थियो । उसलाई  के गरु  कसो गरु कता जाऊ भयो ।त्यो दाइलाइ छाडेर  कुद्न खोज्यो तर वर परको खुनको तलाबमा  उ चिप्लन लड्न पुग्यो ।

                                                                       उ उठ्यो त्यो खुनको तलाबबाट  अनि हतार हतार घर तिर लाग्यो  त्यति लामो  दुरी पनि उसले आतिएको सुरमा केहि  पलमा नै पार गर्यो । उ घर आएर आफ्नो लुगा खोलि नुहाएर  बसिरहेको थियो  सबै गाउलेहरु  र प्रहरीहरु उसको घर अगाडी हल्ला गर्न थाले ।"ज्यानमारालाई बाहिर आइज "भन्दै कराउन, नारा लगाउन थाले ।"कसरी  मारिस तेरो कोदालोले हानेर मारिस, हेर्  त्यो लाश नजिकै थियो, त हत्यारा  बाहिर निस्की " भन्दै त्यो भिड बाट आवाज आयो । त्यसै त उसको साटो पुत्लो उढेको बेला त्यो शब्द भन्दा त उ छाँगोबाट खसेको झै भयो ।

                                                                              उसले  रुदै सबै कहानी सबै समक्ष भन्यो तर कसले मान्ने उसको कुरो, उसको घर तलासी लिइयो । खुनले लतपत भएको लुगा उसको ढोका पछाडी पोको परेको अवस्थामा फेला पर्यो । गाउलेहरु सबै एक मुख लागे  "त्यो हत्यारालाइ सजाय दिनै पर्छ भनेर प्रहरी समक्ष प्रस्ताव राख्न थाले । बिडम्बना हिजो  सम्म सोझो , इमान्दार छ भन्ने व्यक्ति  आज गरिब भएको कारण आज उसको पक्षमा  बोल्ने पनि कोहि पनि त छैनन ।को हो त असली हत्यारा त्यसको पनि कुनै  खोजी  अनुसन्धान पनि गरिएन बहुमतको कदर गरियो । बिचार त्यो सोझो दाइ कसलाई गुहार्नु , कसलाई के भन्नु ,लाटो झैँ चुप लागेर बसी रहेका रहेका थिए ।सायद भगवानले त हेरिरहेका छन् , मलाई उहाले त न्याय दिनु हुन्छ  होला भन्दै मन मनै सोची रहेका थिए । तर भाग्य बहुमतको नै कदर भयो उ आज जेल भित्र छ ।

garib
   
सत्य के हो भन्ने कुरो नजानी  जब गरिब तथा असहाय भेट्न साथ हामी भए भरको आरोप प्रत्यारोप लगाउछौ  तर के त्यो सहि हो त? जसरि आज हाम्रा दाइ  बिना कुनै गल्ती बिना नै सजायको भागेदार भैरहेका छन् । हामी आफुलाई चेतनशिल प्राणी भन्छौ  तर खै त हाम्रो चेतना कहाँ हरायो हाम्रो स्नेह कता गयो हाम्रो माया ? आज त्यो दाइ जेलको कुनै कुनामा होलान तर भोलि पनि त्यस्तो अपच्य काम हामी गर्ने कि नगर्ने ? हामी आफुलाई मनुष्य भन्छौ तर हामीमा के मनुष्यको कुनै गुण बाकी छ त ? के हामी मनुष्य नै हो त कि बन्न बाकी छ ? भनिन्छ नि माया दिए माया नै पाइन्छ, विचार गर्ने हो कि ?
                                                                                                   

No comments:

You may also like